Online Bible

- Advertisements -




२ इतिहास 28:23 - पवित्र बाइबल

23 तिनले दमीशकका मानिसहरूले पूजा गर्ने देवताहरूलाई बलि अर्पण गरे। दमीशकका मानिसहरूले आहाजलाई परास्त पारेका थिए। यसर्थ तिनले आफै सोचे, “अरामका मानिसहरूले पूजा गर्ने देवताहरूले तिनीहरूलाई सहायता गरे। यसर्थ यदि मैले ती देवताहरूलाई बलि अर्पण गरें भने हुन सक्छ तिनीहरूले मलाई पनि सहायता गर्ने छन्।” आहाजले ती देवताहरूको पूजा गरे। यस प्रकारले तिनले पाप गरे अनि तिनले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 तिनले आफूलाई परास्‍त गर्ने दमस्‍कसका देवताहरूलाई बलिदान चढ़ाए, किनकि तिनले यो विचार गरे, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरे। यसकारण तिनीहरूले मलाई सहायता गरून्‌ भनी म पनि तिनीहरूलाई बलिदान चढ़ाउनेछु।” तर वास्‍तवमा तिनीहरूले नै तिनको र सारा इस्राएलको पतन ल्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 आफ्‍नो हार गराउने अरामीहरूका देवताहरूलाई तिनले बलि चढाए। उनले भने, “अरामी देवताहरूले अरामी राजालाई मद्दत गरे। यसर्थ मैले तिनीहरूलाई बलि चढाएँ भने तिनीहरूले मलाई पनि मद्दत गर्लान्।” यस कुराले उनी र उनका जातिमाथि विपत्ति ल्‍यायो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूकहाँ बलिदानहरू चढाए; किनकि तिनले सोचेका थिए, “अरामका राजाहरूका देवताहरूले तिनीहरूलाई सघाएको कारण मैले तिनीहरूकहाँ बलिदान चढाएँ भने तिनीहरूले मलाई पनि सघाउने छन्।” तर ती तिनको र सारा इस्राएलको पतनको कारण बने।

See the chapter Copy




२ इतिहास 28:23

Follow us:

Advertisements


Advertisements