२ इतिहास 28:13 - पवित्र बाइबल13 ती प्रमुखहरूले इस्राएली सैनिकहरूलाई भने, “यहूदाका कैदीहरूलाई यहाँ नल्याऊ। यदि तिमीहरूले त्यसो गर्यौ भने यसले हामीलाई परमप्रभुको विरूद्ध घोर पाप गरेको तुल्याउने छ। त्यसले हाम्रा पाप अनि दोषहरूलाई अधिक नराम्रो तुल्याउने छ अनि परमप्रभु इस्राएलको विरूद्ध अत्यन्त क्रोधित हुनुहुने छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण13 “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न। तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरू परमप्रभुको दृष्टिमा दोषी हुनेछौं। के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हामी त दोषी भइसकिहालेका छौं, र इस्राएलको विरुद्धमा उहाँको भयानक क्रोध आइपरेको छ।” See the chapterसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले भने, “ती कैदीहरूलाई यहाँ नल्याओ! हामीले परमप्रभुको विरुद्धमा पाप गरेर अघि नै परमेश्वरका क्रोध र दण्ड आफूमा ल्याइसकेका छौं। अब आफ्ना अपराध अझ बढाउने काम गर्न चाहन्छौ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूले भने, “तिमीहरूले यी कैदीहरूलाई यहाँ नल्याओ; नत्रता हामी याहवेहको सामु दोषी हुनेछौँ। के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हाम्रा अपराध ठूलो छ र उहाँको भयानक क्रोध इस्राएलमाथि रहेको छ।” See the chapter |