२ इतिहास 26:18 - पवित्र बाइबल18 तिनीहरूले उज्जियाहलाई भने तपाईंले गल्ती गर्नु हुँदैछ। तिनीहरूले तिनलाई भने, “उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने यो तपाईंको काम होइन। यसो गर्नु तपाईंको निम्ति असल छैन। पूजाहारीहरू अनि हारूनका सन्तानहरूले मात्र परमप्रभुको निम्ति धूप बाल्ने गर्छन्। यी पूजाहारीहरूलाई पवित्र सेवाका निम्ति धूप बाल्न प्रशिक्षित तुल्याइएका छन्। तपाईं यो महा-पवित्र स्थानबाट बाहिर जानु होस्। तपाईं विश्वसनीय हुनु भएको छैन। परमप्रभु परमेश्वरले यसका निम्ति तपाईंको सम्मान गर्नु हुने छैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण18 “हे उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईंको होइन। यस कामको निम्ति त अर्पण गरिएका हारूनको वंशका पूजाहारीहरू छन्। पवित्रस्थानबाट हटिजानुहोस्, किनभने तपाईंले विश्वासघात गर्नुभएको छ। परमप्रभु परमेश्वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूले तिनको विरोध गरेर भने, “हे राजा उज्जियाह, याहवेहका निम्ति धूप बाल्न तपाईंको काम होइन। यो काम धूप बाल्ने काममा पवित्र तुल्याइएका हारूनका सन्तान पुजारीहरूका निम्ति हो। तपाईंले विश्वासघात गर्नुभएको छ। यसकारण मन्दिरबाट बाहिर गइहाल्नुहोस्, र तपाईंले याहवेह परमेश्वरबाट सम्मान पाउनुहुनेछैन।” See the chapter |