२ इतिहास 25:8 - पवित्र बाइबल8 यदि तपाईंले तपाईं आफैंलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भर पर्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तपाईंले साहससित लड़ाइँमा लड्नुभए तापनि परमेश्वरले तपाईंलाई आफ्ना शत्रुहरूका सामु परास्त गर्नुहुनेछ, किनभने सहायता गर्ने, अथवा परास्त गर्ने उहाँको शक्ति छ।” See the chapterसरल नेपाली पवित्र बाइबल8 यिनीहरूले मलाई बल दिनेछन् भनी तपाईं सोच्नुहुन्छ तर हार वा जित दिने शक्ति त परमेश्वरसित छ। उहाँले तपाईंका शत्रुहरूलाई तपाईंमाथि विजयी गराउनुहुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यदि तपाईंले गएर साहसपूर्वक युद्ध लड्नुभयो भने पनि परमेश्वरले तपाईंलाई शत्रुको अगि परास्त गर्नुहुनेछ; किनकि सहायता गर्ने र हराउने शक्ति परमेश्वरसितै छ।” See the chapter |