२ इतिहास 25:16 - पवित्र बाइबल16 जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौ भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंश गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराम्रा कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण16 जब तिनी बोलिरहेका थिए तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्लाहकार नियुक्त गरेका हौं र? चूप लाग। किन आफ्नो जीवन खतरामा पार्छौ?” ती अगमवक्ता चूप लाग्न अघि यसो भने, “मलाई थाहा छ कि तपाईंले यस्तो गरेर मेरो सल्लाह नसुन्नुभएको कारण परमेश्वरले तपाईंलाई नाश गर्ने निश्चय गर्नुभएको छ।” See the chapterसरल नेपाली पवित्र बाइबल16 बीचमा अमस्याह बोले, “कहिलेदेखि तिमी राजाका सल्लाहकार भयौ? चुप लाग नत्र म तिमीलाई मार्न लाउनेछु।” अगमवक्ता चुप भए, तर यतिचाहिँ भनिछोडे, “मलाई अब थाहा भयो कि परमेश्वरले तपाईंलाई नाश गर्ने पक्का विचार गरिसक्नुभएछ किनभने तपाईंले यी सबै गर्नुभयो र मेरा सल्लाहको वास्ता गर्नुभएन।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनी बोल्दाबोल्दै राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाको सल्लाहकार नियुक्त गरेका छौँ? चुप लाग! तिमी किन मारिन चाहन्छौ?” यसकारण ती अगमवक्ता चुप लागे, र यसो भने, “म जान्दछु, तपाईंले यसो गर्नुभएको छ; र मेरो सल्लाह सुन्नुभएन। यसकारण परमेश्वरले तपाईंलाई नाश गर्ने निश्चय गर्नुभएको छ।” See the chapter |