२ इतिहास 24:5 - पवित्र बाइबल5 योआशले पूजाहारी अनि लेवीहरूलाई साथ बोलाए। तिनले तिनीहरूलाई भने, “यहूदा शहरमा जाऊ अनि इस्राएलका सबै मानिसहरूले प्रति बर्ष तिर्ने धन सँग्रह गर। त्यो धन तिम्रो परमेश्वरको मन्दिर फेरि निर्माण गर्नमा प्रयोग गर। चाँडो गर अनि यो काम गर।” तर लेवीहरूले हतार गरेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिनले पूजाहारी र लेवीहरूलाई भेला गरेर भने, “यहूदाका सहरहरूमा गएर सबै इस्राएलीहरूबाट परमप्रभुको मन्दिरका पुनर्निर्माणको निम्ति वर्षेनी दिने रकम जम्मा गर। अनि यो काम झट्टै गरिहाल।” तर लेवीहरूले त्यो काम झट्टै गरेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 उनले पूजाहारी र लेवीहरूलाई यहूदाका सहरहरूमा गई हरेक वर्ष मन्दिर मरमत गर्नलाई पुग्दो रकम जम्मा गर्न आज्ञा दिए। त्यो काम झट्टै गर्न उनले भने तर लेवीहरूले ढीलो गरिबसे See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले पुजारीहरू र लेवीहरूलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “यहूदाका सहरहरूमा गएर सारा इस्राएलीहरूबाट वर्षेनी परमेश्वरको मन्दिर मर्मत गर्ने रकम बटुल्नुहोस्। यो काम छिट्टै गरिहाल्नू।” तर लेवीहरूले झट्टै काम गरेनन्। See the chapter |