२ इतिहास 24:20 - पवित्र बाइबल20 परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तब परमेश्वरका आत्मा पूजाहारी यहोयादाका छोरा जकरियामाथि उत्रनुभयो। तिनी मानिसहरूका अगि खड़ा भएर भने, “परमप्रभु यो भन्नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ? तिमीहरूको उन्नति हुनेछैन। तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुभएको छ’।” See the chapterसरल नेपाली पवित्र बाइबल20 तब परमेश्वरका आत्मा पूजाहारी यहोयादाका छोरा जकरियामा उत्रिआउनुभयो। उनी मानिसहरूले देख्ने ठाउँमा उभिए र यसरी भने, “किन तिमीहरूले मेरा आज्ञा मानेनौ र यो विनाश आफूमाथि ल्यायौ भनी परमप्रभु परमेश्वर सोध्नुहुन्छ। तिमीहरूले उहाँलाई त्याग्यौ र उहाँले तिमीहरूलाई त्याग्नुभएको छ!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब याहवेहको आत्मा पुजारी यहोयादाका छोरा जकरियाकहाँ आउनुभयो। मनिसहरूको सामु खडा भएर तिनले भने, “परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरू याहवेहका आज्ञाहरू किन उल्लङ्घन गर्छौ? तिमीहरूको उन्नति हुनेछैन। तिमीहरूले याहवेहलाई त्यागेका छौ, यसकारण उहाँले पनि तिमीहरूलाई ल्याग्नुभएको छ।’ ” See the chapter |