Online Bible

- Advertisements -




२ इतिहास 23:11 - पवित्र बाइबल

11 तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचून्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसपछि यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई बाहिर ल्‍याए, अनि तिनको शिरमा शिरपेच लगाइदिए। तिनीहरूले करार-पत्र दिए, र तिनलाई राजा घोषणा गरे। अनि तिनीहरूले तिनलाई अभिषेक गरेर यसो भनी चर्को सोरले कराए, “राजा अमर रहुन्‌!”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसपछि यहोयादाले योआशलाई ल्‍याए, उनको शिरमा मुकुट लाइदिए र राजाले पालन गर्नुपर्ने नियमावलीको एउटा नक्‍कल दिए। यसरी उनी राजा बनाइए। यहोयादा पूजाहारी र उनका छोराहरूले योआशलाई अभिषेक गरे र सबैले “राजा दीर्घायु होऊन्!” भन्‍दै जोडसित कराए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई ल्याएर तिनलाई मुकुट लगाइदिए। तिनीहरूले तिनलाई करारको एक प्रति दिए, र तिनलाई राजा भनी घोषित गरे। तिनीहरूले उनलाई अभिषेक गरे, र तिनीहरू यसो भन्दै कराए, “राजा अमर रहून्!”

See the chapter Copy




२ इतिहास 23:11

Follow us:

Advertisements


Advertisements