२ इतिहास 22:8 - पवित्र बाइबल8 येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 येहूले आहाबको घरानामाथि न्यायको दण्ड लगाउँदा, अहज्याहको सेवा गर्ने यहूदाका राजकुमारहरू र तिनका कुटुम्बका छोराहरूलाई भेट्टाएर येहूले मारे। See the chapterसरल नेपाली पवित्र बाइबल8 येहूले परमेश्वरको राज वंशमाथि भएको दण्डाज्ञाअनुसार आफ्नो काम गर्दै थिए। उनको भेट अहज्याहसँग गएका यहूदाका अगुवाहरू र उनका भतिजाहरूको एक दलसित भयो र येहूले तिनीहरूलाई मारे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 येहूले आहाबको घरानामाथि न्याय गरिरहेको बेला तिनले अहज्याहकहाँ गएका यहूदाका राजकुमारहरू र अहज्याहका आफन्तहरूका छोराहरूलाई भेट्टाए, जो अहज्याहका अधिकारीहरू थिए। येहूले तिनीहरू सबैलाई मारिदिए। See the chapter |