२ इतिहास 22:6 - पवित्र बाइबल6 योराम निको हुनका निम्ति यिज्रेल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरूद्ध लडे। तब अहज्याह योरामसित भेट गर्न यिज्रेल गए। अहज्याहका पिताको नाउँ यहूदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिज्रेल शहरमा थिए किनभने तिनी घाइते भएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 र रामोतमा अरामका राजा हजाएलसँग भएको लड़ाइँमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए। तब यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल6 आफ्ना चोटबाट निको हुन उनी यिजरेल सहरमा फर्के। त्यहाँ उनलाई भेट्न अहज्याह गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। तब यहोरामका छोरा यहूदाका राजा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए। See the chapter |