२ इतिहास 20:31 - पवित्र बाइबल31 यहोशापातले यहूदादेश माथि शासन गरे। यहोशापात पैंतीस बर्षका थिए जब तिनले शासन गर्न शुरू गरे। तिनले पच्चीस बर्षसम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 यसरी यहोशापातले यहूदामाथि राज्य गरे। राजगद्दी आरोहण गर्दा तिनी पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्हीकी छोरी थिइन्। See the chapterसरल नेपाली पवित्र बाइबल31 पैंतीस वर्षको हुँदा यहोशापात यहूदाका राजा भएका थिए र उनले पच्चीस वर्ष यरूशलेममा राज्य गरेथे। उनकी आमा शिल्हीकी छोरी अजूबा थिइन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसरी यहोशापातले यहूदामाथि राज्य गरे। यहूदाका राजा हुँदा तिनी पैँतीस वर्षका थिए। तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अजूबा थियो, र उनी शिल्हीकी छोरी थिइन्। See the chapter |