Online Bible

- Advertisements -




२ इतिहास 20:20 - पवित्र बाइबल

20 यहोशापातका सेनाहरू बिहानै तको मरुभूमि तिर गए। तिनीहरू जसै हिंड्न थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 तब तिनीहरू बिहान सबेरै उठेर तकोको उजाड़-स्‍थानमा गए। तिनीहरू निस्‍केर जाँदा खड़ा भएर यहोशापातले भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन। परमप्रभु तिमीहरूका परमेश्‍वरको विश्‍वासमा तिमीहरू स्‍थिर भइरहो, र उहाँले तिमीहरूलाई थामिराख्‍नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्‍वास गर, र तिमीहरूको फलिफाप हुनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 भोलिपल्‍ट सबेरै मानिसहरू तकोछेउको उजाड-भूमिमा गए। तिनीहरू निस्‍कँदैगर्दा यहोशापातले तिनीहरूलाई यसरी भने, “हे यहूदा र यरूशलेमका मानिसहरू हो! परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरू दरिला हुनेछौ। अगमवक्ताहरूले भनेका कुरामा भरोसा राख र तिमीहरू सफल हुनेछौ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 बिहानै तिनीहरू तकोमा भएको उजाडस्थानतिर लागे। तिनीहरू निस्कँदा यहोशापातले खडा भएर भने, “हे यहूदा र यरूशलेमका मानिस हो, मेरो कुरा सुन! याहवेह आफ्ना परमेश्‍वरमाथि विश्‍वास गर, तब उहाँले तिमीहरूलाई सम्हाल्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्‍वास गर, तब तिमीहरू सफल हुनेछौ।”

See the chapter Copy




२ इतिहास 20:20

Follow us:

Advertisements


Advertisements