२ इतिहास 20:10 - पवित्र बाइबल10 “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 “मिश्रदेशबाट आउँदा तपाईंले इस्राएललाई अम्मोनी र मोआबीहरू र सेइर पर्वतका मानिसहरूको देशमा पस्न मनाही गर्नुभएको थियो, र यसैले उनीहरू यहाँ आएका छन्। इस्राएलीहरूले उनीहरूलाई त्यसै छोड़िदिए, र उनीहरूलाई नाश गरेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल10 “अब अम्मोन, मोआब र एदोमका मानिसहरूले हामीलाई आक्रमण गरेका छन्। हाम्रा पुर्खाहरू मिश्रबाट निस्किआउँदा तपाईंले तिनीहरूलाई ती देशमा पस्न दिनुभएन। हाम्रा पुर्खाहरू ती देशका बाहिरबाट घुमेर आए र तिनलाई नाश पारेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “तर अब यहाँ अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरू आएका छन्। इस्राएलीहरू इजिप्टबाट भएर आउँदा तिनीहरूका प्रान्तमा तपाईंले इस्राएलीहरूलाई आक्रमण गर्न दिनुभएन। यसैकारण इस्राएलीहरू यिनीहरूलाई नाश नगरी गइहाले। See the chapter |