२ इतिहास 19:8 - पवित्र बाइबल8 अनि यरूशलेममा, यहोशापातले केही लेवीहरू, पूजाहारीहरू अनि इस्राएली परिवारहरूका अगुवाहरूलाई न्यायकर्ता हुन चुने। मानिसहरूले यरूशलेममा बस्ने मानिसहरूका समस्याहरू समाधान गर्नका निम्ति परमप्रभुको नियम प्रयोग गर्नु पर्ने थियो। तब तिनीहरू यरूशलेममा फर्केर आए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यहोशापातले यरूशलेममा पनि कति लेवी, पूजाहारी र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई परमप्रभुको व्यवस्था कायम राख्न र मानिसहरूका बीचमा न्याय गर्न नियुक्त गरे। See the chapterसरल नेपाली पवित्र बाइबल8 यरूशलेममा यहोशापातले कति लेवी, पूजाहारी र प्रमुख नागरिकहरूलाई न्यायकर्ता खटाए। ती न्यायकर्ताहरूले परमप्रभुका व्यवस्था तोडेका वा सहरका बासिन्दाहरूका बीच भएका कानुनसम्बन्धी झगडाहरूको मुद्दा विचार गर्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यरूशलेममा पनि यहोशापातले याहवेहको व्यवस्था परिचालन गर्न र झगडा मिलाउनका निम्ति केही लेवीहरू, पुजारीहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई नियुक्त गरे। See the chapter |