२ इतिहास 19:11 - पवित्र बाइबल11 “अमर्याह मुख्य पूजाहारी हुन्। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिमीहरूसाथ रहून् तिमीहरूले त्यही गर्नु जे गर्न उचितछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण11 “परमप्रभुसम्बन्धी विषयमा मुख्य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्। राज्यसम्बन्धी विषयमा यहूदाका कुलनायक इश्माएलका छोरा जबदियाह अधिकारी छन्। लेवीहरूचाहिँ तिमीहरूका सामुन्ने अधिकृतहरूझैँ सेवा गर्नेछन्। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्।” See the chapterसरल नेपाली पवित्र बाइबल11 सबै धार्मिक मुद्दामा मुख्य पूजाहारी अमर्याह सर्वोच्च न्यायकर्ता हुनेछन् र सबै सार्वजनिक मुद्दामा यहूदाका बडा-हाकिम इश्माएलका छोरा जबदियाह सर्वोच्च न्यायकर्ता हुनेछन्। न्यायकर्ताका निर्णयहरू पालन भएको हेर्ने जिम्मा लेवीहरूसँग रहनेछ। साहसी होओ र यी आदेशहरू पालन गर। परमप्रभु उचित कुराका पक्षमा रहून्!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “याहवेहसम्बन्धी कुनै पनि विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि हुनेछन्। अनि राजासम्बन्धी कुनै पनि विषयमा इश्माएलका छोरा जबदियाह, यहूदाको कुलका अगुवा तिमीहरूमाथि हुनेछन्; र लेवीहरू तिमीहरूका सामु अधिकृतको रूपमा सेवा गर्नेछन्। साहससित काम गर्नू र असल गर्नेहरूसित याहवेह रहून्।” See the chapter |