Online Bible

- Advertisements -




२ इतिहास 18:2 - पवित्र बाइबल

2 केही बर्ष पछि, यहोशापात आहाब सित भेट गर्न सामरिया शहरमा गए। आहाबले यहोशापात अनि तिनी सित भएका मानिसहरूका निम्ति धेरै भेंडा अनि गाईहरू बलि चढाए। आहाबले रामोत गिलाद शहर माथि आक्रमण गर्न यहोशापातलाई उत्साहित तुल्याए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए। आहाबले तिनी र तिनका लावालश्‍करको निम्‍ति धेरै भेड़ा र गोरुहरू मारे, र रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई उक्‍साए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 धेरै वर्षपछि यहोशापात आहाबसित भेट गर्न सामरिया सहरमा गए। यहोशापात र उनीसित गएका मानिसहरूका आदर-सत्‍कार गरेर आहाबले भोजको निम्‍ति धेरै भेडा र गोरुहरू मार्न लाए। उनले यहोशापातलाई आफूसित मिलेर गिलादको रामोत सहरमाथि आक्रमण गर्न राजी पार्ने चेष्‍टा गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 केही वर्षपछि तिनी आहाबलाई सामरियामा भेट्न गए। आहाबले तिनी र तिनीसित भएका मानिसहरूको निम्ति धेरै भेडाहरू र गोरुहरू मारे; अनि तिनलाई रामोत-गिलादमाथि आक्रमण गर्न बहकाए।

See the chapter Copy




२ इतिहास 18:2

Follow us:

Advertisements


Advertisements