२ इतिहास 18:11 - पवित्र बाइबल11 सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरूले भने, “रामोत गिलाद शहरमा जानु होस्। तपाईंहरूले सफलता पाउनु हुनेछ अनि जित्नु हुनेछ। परमप्रभुले राजालाई अरामी मानिसहरूलाई परास्त पार्न दिनु हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण11 अरू सबै अगमवक्ताहरूले त्यस्तै अगमवाणी कहिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि चढ़ाइ गरेर विजयी हुनुहोस्। किनकि परमप्रभुले त्यो राजाको हातमा सुम्पिदिनुहुनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल11 अरू सबै अगमवक्ताहरूले पनि त्यसै भने। “रामोतको विरुद्धमा कदम उठाउनुहोस्, जित तपाईंकै हो, परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ,” तिनीहरूले भने। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्। किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” See the chapter |