२ इतिहास 17:11 - पवित्र बाइबल11 केही पलिश्ती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहाँ चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहाँ पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेंडाहरू अनि 7,700 बाख्राहरू तिनी कहाँ ल्याए। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 कुनै-कुनै पलिश्तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल11 यहोशापातकहाँ कोही पलिश्तीहरूले धेरै चाँदी र अन्य उपहारहरू र केही अरबीहरूले ७,७०० भेडा र ७,७०० बोकाहरू ल्याए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 केही पलिश्तीहरूले यहोशापातलाई उपहारहरू र चाँदीहरूद्वारा सलामी तिरे। अनि अरबीहरूले तिनीकहाँ सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरूका बथान ल्याए। See the chapter |