२ इतिहास 16:7 - पवित्र बाइबल7 त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आएर भने, “तपाईंले परमप्रभु आफ्ना परमेश्वरमाथि होइन तर अरामका राजामाथि भरोसा गर्नुभएकोले गर्दा इस्राएलका राजाको सेना तपाईंको हातबाट भागेको छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 त्यस बेला हनानी अगमवक्ताले आसा राजाकहाँ गएर भने, “तपाईं परमप्रभु हाम्रा परमेश्वरको सट्टामा अरामका राजामा भर पर्नुभयो। यसकारण अरामका राजाका सेना तपाईंका हातबाट उम्के। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए, र तिनले उनलाई भने: “तपाईंले याहवेह, तपाईंका परमेश्वरमाथि होइन; तर अरामका राजामाथि भरोसा गर्नुभएको कारण आरामका राजाका सेना तपाईंको हातबाट उम्क्यो। See the chapter |