२ इतिहास 15:9 - पवित्र बाइबल9 त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 त्यसपछि तिनले सारा यहूदा र बेन्यामीन र एफ्राइम, मनश्शे र शिमियोनबाट तिनीहरूसँग बस्न आएकाहरूलाई भेला गरे। किनभने परमप्रभु तिनका परमेश्वर तिनीसँग हुनुभएको देखेर इस्राएलबाट धेरै संख्यामा मानिसहरू तिनीतर्फ आएका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल9 धेरै मानिसहरू एफ्राइम, मनश्शे र शिमियोनबाट आसापट्टि लागेर उनका राज्यमा बास गर्दै थिए किनभने उनीसित परमप्रभु हुनुहुन्छ भनी तिनीहरूले देखेका थिए। तिनीहरू सबै जनालाई र यहूदा र बेन्यामीनका मानिसहरूलाई पनि आसाले एकसाथ भेला गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि तिनले सबै यहूदा र बेन्यामीन, एफ्राइमका मानिसहरू, साथै तिनीहरूसित बसोबास गर्ने मनश्शे र शिमियोनका मानिसहरूलाई भेला गरे। किनकि याहवेह तिनका परमेश्वर तिनीसित हुनुहुन्छ भनी तिनीहरूले देखेर इस्राएलबाट ठूलो संख्यामा तिनीहरू उनीकहाँ आएका थिए। See the chapter |