२ इतिहास 15:15 - पवित्र बाइबल15 यहूदाका सबै मानिसहरू शपथबारे खुशी थिए। किनभने तिनीहरूले आफ्ना हृदयबाट प्रतिज्ञा गरेका थिए। तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले परमेश्वरको अनुशरण गरे। तिनीहरूले परमेश्वरलाई खोजे अनि उहाँलाई पाए। यसरी परमप्रभुले सबै देशमा तिनीहरूलाई शान्ति प्रदान गर्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 सारा यहूदा यो शपथ खाएकाले गर्दा आनन्दित भए, किनभने तिनीहरूले आफ्ना पूरा मनले परमेश्वरलाई यत्नपूर्वक खोजेका थिए। अनि उहाँ पनि तिनीहरूले पाऊन् भनी स्वयम् प्रकट हुनुभयो। यसैले परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल15 यहूदाका सारा प्रजा प्रसन्न थिए किनभने आफ्ना पूरा हृदयले तिनीहरूले यो करार बाँधेका थिए। परमप्रभुलाई पुज्दा तिनीहरूले आनन्द पाउँथे र तिनीहरूलाई उहाँले ग्रहण गर्नुभएर चारैतिर शान्ति दिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूले सम्पूर्ण हृदयले शपथ खाएका हुनाले त्यस शपथको विषयमा सारा यहूदा रमाए। तिनीहरूले परमेश्वरलाई पूर्ण हृदयसाथ खोजी गरेका थिए; अनि तिनीहरूले उहाँलाई भेट्टाए। यसकारण याहवेहले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। See the chapter |