२ इतिहास 14:8 - पवित्र बाइबल8 आसाका यहूदाका परिवार समूहका 3,00,000 मानिसहरू अनि बिन्यामीनका कुल समूहका 2,80,000 मानिसहरूका सेना थिए। यहूदाका मानिसहरूले ठूला-ठूला ढाल र भालाहरू बोक्थे। बिन्यामीनका मानिसहरूले स-साना ढाल अनि धनुबाट काँड हान्थे। ती सबै मानिसहरू बलिया र साहसी सैनिकहरू थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यहूदाबाट ढाल र भालाहरूले सुसज्जित भएका तीन लाख मानिसहरू र बेन्यामीनबाट दुई लाख असी हजार ढाल बोक्ने र धनुर्धारीहरूको एउटा सेना आसासँग थियो। ती सबै वीर-वीर योद्धा थिए। See the chapterसरल नेपाली पवित्र बाइबल8 आसा राजाका सेनामा ढाल र भाला भिरेका यहूदाका तीन लाख र ढाल र धनु-काँड लिएका बेन्यामीनका दुई लाख असी हजार सिपाहीहरू थिए। ती सबै साहसी र असल तालिम पाएका सैनिकहरू थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 आसासित ठूला-ठूला ढालहरू र भालाहरूले सुसज्जित भएका यहूदाबाट तीन लाख मानिसहरू थिए। साना ढालहरू र धनुले सुसज्जित भएका बेन्यामीनबाट दुई लाख असी हजार मानिसहरू थिए। यी सबै साहसी लडाकु मानिसहरू थिए। See the chapter |