Online Bible

- Advertisements -




२ इतिहास 14:7 - पवित्र बाइबल

7 आसाले यहूदाका मानिसहरूलाई भने, “हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चारैतिर पर्खालहरू बनाऔं। हामी बुर्जाद्वारहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुशरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चारैतिर शान्ति दिनु भएको छ।” यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरूलाई निर्माण गरौं। तिनका चारैतिर पर्खाल लाएर धरहरा, ढोका र आग्‍लाहरू बनाएर तिनलाई सुरक्षित पारौं। देश अझ हाम्रो छ, किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको अगुवाइ खोजेका छौं। हामीले उहाँलाई खोज्‍यौं, र उहाँले हाम्रा चारैतिर हामीलाई सुरक्षित राख्‍नुभएको छ।” यसैले तिनीहरूले ती सहरहरू निर्माण गरे, र तिनीहरूको उन्‍नति भयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 उनले यहूदाका मानिसहरूलाई भने, “हामी पर्खाल, किल्‍ला र आग्‍ला लाउन र बन्‍द गर्न सकिने मूल-ढोकाहरू बनाएर आफ्‍ना सहरहरूलाई सुरक्षित बनाऔं। देश हाम्रो हातमा छ किनभने हामीले परमप्रभु आफ्‍ना परमेश्‍वरको इच्‍छा पालन गरेका छौं। उहाँले हाम्रो रक्षा गर्नुभएको छ र हामीलाई चारैपट्टिबाट सुरक्षित राख्‍नुभएको छ।” राजाले भनेअनुसार तिनीहरूले बनाए र तिनीहरूको फलिफाप भयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरू निर्माण गरौँ। साथै यिनको चारैतिर पर्खालहरू लगाएर यिनमा धरहराहरू, मूलढोकाहरू र बारहरू बनाऔँ। यो देश अझ हाम्रै हो; किनकि हामीले याहवेह हाम्रा परमेश्‍वरलाई खोजेका छौँ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिर विश्राम दिनुभएको छ।” यसकारण तिनीहरूले निर्माण गरे, र सफलता प्राप्‍त गरे।

See the chapter Copy




२ इतिहास 14:7

Follow us:

Advertisements


Advertisements