२ इतिहास 13:12 - पवित्र बाइबल12 परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।” See the chapterनेपाली नयाँ संशोधित संस्करण12 परमेश्वर हाम्रा शिर भएर हामीलाई साथ दिनुहुन्छ। उहाँका पूजाहारीहरू तिमीहरूका विरुद्धमा युद्ध-ध्वनिको सङ्केत दिनलाई तुरही लिएर खड़ा हुनेछन्। हे इस्राएलीहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा युद्ध नगर। तिमीहरू सफल हुनेछैनौ।” See the chapterसरल नेपाली पवित्र बाइबल12 परमेश्वर नै हाम्रो अगुवा हुनुहुन्छ र उहाँका पूजाहारी तुरही लिएर यहाँ आएका छन्। तुरही बजाएर हामीलाई तिमीहरूका विरुद्धमा लडाइँ गर्न निकाल्न तिनीहरू तयार छन्। हे इस्राएलका मानिसहरू हो! आफ्ना पुर्खाका परमेश्वर परमप्रभुको विरुद्धमा लडाइँ नगर! तिमीहरूको जित हुन सक्दैन!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 परमेश्वर हामीसित हुनुहुन्छ; उहाँ नै हाम्रा अगुवा हुनुहुन्छ। उहाँका पुजारीहरूले आफ्ना तुरहीहरूले तिमीहरूको विरुद्धमा युद्ध-ध्वनि निकाल्नेछन्। हे इस्राएलका मानिसहरू हो, याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा लडाइँ नगर; किनकि तिमीहरू सफल हुनेछेनौँ।” See the chapter |