२ इतिहास 13:11 - पवित्र बाइबल11 तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उज्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमीहरूले उहाँलाई त्यागेका छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरू बिहान र बेलुका होमबलि र सुगन्धित धूप परमप्रभुको निम्ति चढ़ाउँछन्। तिनीहरूले भेटीको रोटी विधिअनुसार पवित्र गरिएको टेबिलमा लहर-लहर गरी राख्तछन्। तिनीहरू बेलुकैपिच्छे सुनको सामदानमा भएका बत्तीहरू बाल्दछन्। यसरी परमप्रभु हाम्रा परमेश्वरले आज्ञा दिनुभएका कुरा हामी साँच्ची नै पालन गर्छौं। तर तिमीहरूले त उहाँलाई त्यागेका छौ। See the chapterसरल नेपाली पवित्र बाइबल11 हरेक बिहान र हरेक साँझ तिनीहरूले उहाँलाई धूप जलाउँछन् र पशुका होमबलि चढाउँछन्। विधिअनुसार सुरु गरिएका टेबिलमा तिनीहरूले रोटीका भेटी चढाउँछन् र सुनका सामदानमा हरेक साँझ बत्ती बाल्छन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार हामी सबै गर्छौं तर तिमीहरूले भने उहाँलाई त्यागेका छौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हरेक बिहान र साँझ तिनीहरूले याहवेहकहाँ होमबलि र सुगन्धित धूप चढाउँछन्। तिनीहरूले विधिपूर्वक शुद्ध गरिएको टेबुलमा रोटी मिलाएर राख्छन्, र हरेक साँझ सुनको सामदानमा बत्ती बाल्छन्। यसरी हामी साँच्चै याहवेहका नियमहरू पालन गर्छौँ। तर तिमीहरूले उहाँलाई त्यागेका छौ। See the chapter |