Online Bible

- Advertisements -




२ इतिहास 12:13 - पवित्र बाइबल

13 राजा रहबामले स्वयंलाई यरूशलेममा एक शक्तिशाली राजा बनाए। तिनी एकचालीस बर्षका थिए जब तिनी राजा भए। रहबाम यरूशलेममा सत्र बर्षसम्म राजा थिए। यरूशलेम त्यो शहर हो जसलाई परमप्रभुले इस्राएलका समस्त कुल समूहबाट चुन्नु भएको हो। परमप्रभुले आफ्ना नाउँ यरूशलेममा राख्न रोज्नु भयो। रहबामकी आमा नामा थिइन्। नामा अम्मोन देशकी थिइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 यरूशलेममा राजा रहबामको शक्ति बढ्‌दैगयो। तिनी सिंहासन आरोहण गर्दा एकचालीस वर्षका थिए, अनि परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अम्‍मोनी नामा थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 रहबामले यरूशलेममा राज्‍य गरे र आफ्‍नो राज-शक्ति बढाए। राजा हुँदा तिनको उमेर एकचालीस वर्षको थियो र उनले यरूशलेममा सत्र वर्ष राज्‍य गरे। यरूशलेमलाई परमप्रभुले सारा इस्राएल देशका बीचबाट आफ्‍नो आराधना-स्‍थल चुन्‍नुभएको थियो। नामा रहबामकी आमा अम्‍मोन देशकी थिइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 राजा रहबामले आफूलाई यरूशलेममा दृढतापूर्वक स्थापित गरेर राज्य गरिरहे। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्‍नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्।

See the chapter Copy




२ इतिहास 12:13

Follow us:

Advertisements


Advertisements