२ इतिहास 10:18 - पवित्र बाइबल18 हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दगुरेर आफ्ना रथमा उफ्रिएर चढे अनि भागे। तिनी भागेर यरूशलेम गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 तब राजा रहबामले बेगार काममा लाउने मानिसहरूका जिम्मावाल अदोनीरामलाई तिनीहरूकहाँ पठाए। तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तापनि राजा रहबामचाहिँ आफ्नो रथमा चढ़ेर यरूशलेममा भागेर जान सफल भए। See the chapterसरल नेपाली पवित्र बाइबल18 तब रहबाम राजाले बेगारी मजदूरहरूका कामदारी अदोनीरामलाई इस्राएलीहरूकहाँ पठाए; तर तिनीहरूले उनलाई ढुङ्गाले हानेर मारे। त्यसो हुँदा रहबाम हतार-हतार आफ्नो रथमा चढेर यरूशलेममा भागेर गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए। See the chapter |