१ थेसलोनिकी 2:2 - पवित्र बाइबल2 हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हामीले अघिबाटै फिलिप्पीमा कष्ट भोग्यौं र अपमानित भयौं भन्ने कुरा तिमीहरूलाई थाहा छ, तर घोर विरोध छँदाछँदै पनि परमेश्वरको सुसमाचार प्रचार गर्न हामीलाई परमेश्वरमा साहस मिलेको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल2 त्यहाँ आउनुअघि फिलिप्पीका मानिसहरूले हामीहरूलाई दु:ख दिए र हाम्रो बेइज्जती नै गरे। यो कुरा पनि तिमीहरूलाई थाहै छ। तैपनि परमेश्वरले हामीहरूलाई साहस दिनुभयो र धेरै विरोधी हुँदाहुँदै पनि हामीहरूले तिमीहरूलाई सुसमाचार सुनाइछोड्यौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूलाई थाहै छ, फिलिप्पीमा हामीले कष्ट भोगेर अपमानित हुनुपरेको थियो; तर परमेश्वरको सहायताले घोर विरोध भए तापनि हामीले साहससाथ तिमीहरूलाई सुसमाचार प्रचार गर्यौँ। See the chapter |