१ थेसलोनिकी 2:13 - पवित्र बाइबल13 तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैँ परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढ़ाउँछौं, कि तिमीहरूले हामीबाट सुनेका वचन, जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचनजस्तै होइन, तर परमेश्वरको वचनजस्तै ग्रहण गर्यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ। See the chapterसरल नेपाली पवित्र बाइबल13 हामीले तिमीहरूलाई परमेश्वरको शिक्षा दिंदा तिमीहरूले यसलाई मानिसको शिक्षा नसम्झेर परमेश्वरकै शिक्षा हो भनेर मान्यौ। हुन पनि साँच्चै यो परमेश्वरकै शिक्षा थियो। यस शिक्षाले अहिले पनि विश्वास गर्ने तिमीहरूमा काम गरिरहेकै छ। यसैकारणले पनि हामी परमेश्वरलाई धन्यवाद चढाइरहन्छौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि यस कुराको निम्ति पनि हामी परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौँ; किनकि तिमीहरूले हामीबाट सुनेका परमेश्वरको वचनलाई मानिसको वचनजस्तो होइन, तर परमेश्वरकै वचनको रूपमा स्वीकार गर्यौ; जुनचाहिँ वास्तवमा नै परमेश्वरको वचन हो, र यस वचनले तिमी विश्वास गर्नेहरूमा काम पनि गरिरहेको छ। See the chapter |