Online Bible

- Advertisements -




१ शमूएल 9:9 - पवित्र बाइबल

9-11 शाऊलले आफ्ना नोकरलाई भने, “त्यो असल सुझाव हो! हामी जाऔं!” यसरी तिनीहरू शहरमा गए जहाँ परमेश्वरका मानिस थिए। शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान स्त्रीहरूलाई बाटोमा भेटे जो पानी भर्न आएका थिए। शाऊल र तिनका नोकरले ती ठिटीहरूलाई सोधे, “के दर्शी घरैमा हुनुहुन्छ?” (प्राचीन समयमा अगमवक्तालाई “दर्शी” भन्थे।)

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 (पहिले-पहिले कुनै मानिसले परमेश्‍वरसित सल्‍लाह माग्‍न इच्‍छा गर्दा इस्राएलमा यसो भन्‍ने चलन थियो: “हामी दर्शीकहाँ जाऔं।” किनभने हिजोआजको अगमवक्तालाई त्‍यस बेला दर्शी भन्‍दथे।)

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9-11 शाऊलले उत्तर दिए, “राम्रो कुरा भनिस्, जाऔं।” तिनीहरू ती पवित्र जन बस्‍ने सहरमा गए। डाँडाबाट भएर सहरतिर जाँदा तिनीहरूले पानी भर्न आउँदैगरेका केही ठिटीहरूलाई भेटे र तिनीहरूलाई सोधे, “के स्‍वप्‍नदर्शी सहरमा नै छन्?” त्‍यस बेला अगमवक्तालाई स्‍वप्‍नदर्शी भनिन्थ्यो अनि जब कसैले परमेश्‍वरलाई केही प्रश्‍न गर्न चाहन्‍थ्‍यो, उसले भन्‍थ्‍यो, “हामी स्‍वप्‍नदर्शीकहाँ जाऔं।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 (त्यस बेला इस्राएलमा यदि कोही मानिस परमेश्‍वरसँग केही सोध्न जान्थ्यो, तिनीहरूले यसो भन्‍ने गर्थे, “हामी दर्शीकहाँ जाऔँ,” किनकि आजभोलिका अगमवक्तालाई त्यस समयमा दर्शी भनिन्थ्यो।)

See the chapter Copy




१ शमूएल 9:9

Follow us:

Advertisements


Advertisements