Online Bible

- Advertisements -




१ शमूएल 9:16 - पवित्र बाइबल

16 “भोलि म यही समय पारेर एउटा मानिसलाई तँ कहाँ पठाउनेछु। यो मानिस बिन्यामिनी कुलको सदस्य हो। तैंले त्यसलाई अभिषेक गरिदिनुपर्छ। त्यसपछि त्यो मानिस मेरा इस्राएली मानिसहरूका प्रमुख हुनेछ। त्यस मानिसले हाम्रा मानिसहरूलाई पलिश्तीहरूबाट बचाउँने छ। मैले मेरा मानिसहरूको कष्ट देखे र रोदन सुनेकोछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 “भोलि यसै समय बेन्‍यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु। त्‍यसलाई मेरो प्रजा इस्राएलको राजा अभिषेक गर्‌। त्‍यसले मेरो प्रजालाई पलिश्‍तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो प्रजाको दु:ख देखेको छु, किनकि यिनीहरूको क्रन्‍दन मेरा कानमा आइपुगेको छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 “भोलि यति बेलातिर एक जना बेन्‍यामीन कुलको मानिसलाई म तँकहाँ पठाउनेछु। त्‍यसलाई मेरा प्रजा इस्राएलका राजा अभिषेक गर्नू अनि त्‍यसले तिनीहरूलाई पलिश्‍तीहरूका हातबाट बचाउनेछ। मैले तेरा प्रजाको कष्‍ट देखेको छु र तिनका मद्दतको लागि बिन्‍ती सुनेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “म भोलि यही समयमा तँकहाँ बेन्यामीनको देशबाट एउटा मानिसलाई पठाउनेछु। त्यसलाई मेरो जाति इस्राएलीहरूको अगुवा अभिषेक गर्नू; त्यसले मेरो जातिलाई पलिश्तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो जातिमाथि दृष्‍टि लगाएको छु; किनकि तिनीहरूको क्रन्दन मकहाँ आइपुगेको छ।”

See the chapter Copy




१ शमूएल 9:16

Follow us:

Advertisements


Advertisements