१ शमूएल 10:2 - पवित्र बाइबल2 आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ: अब म मेरो छोराको लागि के गरूँ?’” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 आज जब तपाईं मसित बिदा भएर जानुहुन्छ, तब तपाईंले बेन्यामीनको सिमानामा भएको राहेलको चिहाननेर सेल्सहमा दुई जना मानिस भेट्टाउनुहुनेछ। तिनीहरूले तपाईंलाई यसो भन्नेछन्, ‘तपाईंले खोजिरहनुभएका गधाहरू फेला परे। अनि तपाईंका पिताले तिनका निम्ति फिक्री गर्न छोड़ेर तपाईंको निम्ति सुर्ता गरी “अब मेरो छोराको लागि म के गरूँ?” भनी बारम्बार भन्दैहुनुहुन्छ’। See the chapterसरल नेपाली पवित्र बाइबल2 आज मलाई छोडेर जाँदा तिमीले दुई जना मानिसहरूलाई बेन्यामीनका इलाकाभित्र सेल्सहमा भएका राहेलको चिहाननिर भेट्नेछौ। तिनीहरूले तिमीलाई भन्नेछन् कि तिमीहरूले खोज्दैगरेका गधाहरू पाइसके र तिम्रा बुबालाई तिनको बारे होइन तर तिमीहरूको बारेमा सुर्ता भएको छ र तिनले ‘मेरो छोरोबारे म के गरूँ?’ भनी सोधिरहन्छन्? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब तिमी आज मसँग बिदा भएर जान्छौ, तब तिमीले बेन्यामीन कुलको सिमानाभित्र सेल्साहमा भएको राहेलको चिहानको नजिकै दुई जना मानिसहरूलाई भेट्टाउनेछौ। तब तिनीहरूले तिमीलाई भन्नेछन्, ‘तपाईंले खोज्न निस्कनुभएका ती गधाहरू भेट्टाइएका छन्। तर तपाईंका बुबा तिनीहरूको विषयमा होइन, तपाईंको लागि चिन्तित हुनुभएको छ। उहाँले सोध्दै हुनुहुन्छ, “म आफ्नो छोराको निम्ति के गरूँ?” ’ See the chapter |