१ कोरिन्थी 4:9 - पवित्र बाइबल9 तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 किनभने मलाई यस्तो लाग्दछ परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाएकाहरूलाई जस्तै सबैभन्दा पछि प्रदर्शनमा राख्नुभएकोछ। किनकि संसार, स्वर्गदूतहरू र मानिसहरूका निम्ति हामी तमाशा भएका छौं। See the chapterसरल नेपाली पवित्र बाइबल9 किनभने मलाई यस्तो लाग्छ, हामी प्रेरितहरूलाई चाहिँ परमेश्वरले सबैभन्दा तल्लो ठाउँमा राख्नुभएको छ। परमेश्वरले नै हामीलाई संसार, स्वर्गदूत र मानिसका अघि ज्यान सजाय पाउने मानिसहरूलाई झैँ तमाशा बनाउनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि मलाई यस्तो लाग्छ, परमेश्वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएका मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौँ। See the chapter |