१ इतिहास 9:1 - पवित्र बाइबल1 इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशावलीको सूचीमा लेखिएको छ। त्यो वंशावलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 सबै इस्राएल वंशावलीको सूचीमा इस्राएलका राजाहरूको पुस्तकमा दर्ता गरियो। यहूदाचाहिँ आफ्नो विश्वासघातले गर्दा कैद गरेर बेबिलोनमा लगियो। See the chapterसरल नेपाली पवित्र बाइबल1 इस्राएलका सबै मानिसहरूका नाम उनीहरूका वंशअनुसार लेखिएका थिए। यी कुरा इस्राएलका राजाको इतिहासमा लेखिएको छ। यहूदाका मानिसहरू आफ्ना पापका दण्ड पाएर बेबिलोनमा देशनिकाला भई लगिएका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सारा इस्राएलीहरूको सूची इस्राएल र यहूदाका राजाहरूका वंशावलीहरूको पुस्तकमा दर्ता गरियो। तिनीहरूको अविश्वासको कारण यहूदालाई बेबिलोनमा कैद गरेर लगियो। See the chapter |