१ इतिहास 4:41 - पवित्र बाइबल41 यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेंडाहरूका निम्ति घाँस थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 यहूदाका राजा हिजकियाको राजकालमा माथि लेखिएका व्यक्तिहरूले आएर हामका मानिसहरू र त्यहाँ भेट्टाएका मोनीहरूलाई नाश गरे। तिनीहरूले उनीहरूलाई यसरी ध्वंस-विध्वंस पारे कि आजको दिनसम्म पनि उनीहरूको नाउँनिशानै पाइँदैन। अनि तिनीहरूका बगालका लागि खर्क भएकोले तिनीहरूले त्यो देश ओगटे। See the chapterसरल नेपाली पवित्र बाइबल41 यहूदाका राजा हिजकियाको पालामा माथि लेखिएका पुरुषहरू गरारमा गए र त्यहाँका बासिन्दाहरूका पाल र झुप्राहरू नाश गरिदिए। तिनीहरूले त्यहाँका मानिसहरूलाई धपाए र आफू सधैँको लागि बास गर्न थाले किनभने त्यहाँ भेडाको निम्ति प्रशस्त चरन थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण41 माथि नाम उल्लेख गरिएका यी मानिसहरू यहूदाका राजा हिजकियाहको समयमा आएका थिए। तिनीहरूले हामवंशीहरूलाई तिनीहरू बसेकै ठाउँमा आक्रमण गरे। अनि त्यहाँ भएका मोनीहरूलाई पनि आक्रमण गरेर तिनीहरूलाई पूर्ण रूपमा नष्ट गरे। आजसम्म त्यहाँ तिनीहरूको नामनिशानै छैन। तब तिनीहरू उनीहरूका ठाउँमा बसोबास गर्न थाले। किनकि त्यहाँ तिनीहरूका बगालको निम्ति खर्क थियो। See the chapter |