१ इतिहास 3:5 - पवित्र बाइबल5 यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्। दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 त्यहाँ यी छोराछोरीहरू जन्मे: शम्मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्मीएलकी छोरी बतशेबाबाट जन्मेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल5 अनि त्यहाँ उनका धेरै छोराहरू जन्मे। उनकी स्वास्नी अम्मीएलकी छोरी बतशेबाले उनका चार छोराहरू जन्माइन्– शम्मूअ, शोबाब, नातान र सोलोमन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि त्यहाँ जन्मेका तिनका सन्तान यिनै हुन्: शिमेअ, शोबाब, नातान र सोलोमन। यी चार जनाचाहिँ अम्मीएलकी छोरी बेतशेबाबाट जन्मेका थिए। See the chapter |