गन्ती 7:85 - पवित्र बाइबल नेपाली समकालीन संस्करण85 पवित्रस्थानको तौलको शेकेलअनुसार, चाँदीको प्रत्येक थालको तौल एक सय तीस शेकेल र चाँदीका प्रत्येक छर्कने बाटाको तौल सत्तरी शेकेल थियो। चाँदीका थाल-बाटाहरूको जम्मा तौल पवित्रस्थानको शेकेलअनुसार, दुई हजार चार सय शेकेल थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण85 प्रत्येक चाँदीको थाल एक सय तीस शेकेल तौलको र प्रत्येक चाँदीको छर्कने बाटा सत्तरी शेकेल तौलको थियो। भाँड़ाकुँड़ाहरूको जम्मै चाँदीको तौल पवित्रस्थानको शेकेलबमोजिम दुई हजार चार सय शेकेल थियो। See the chapterपवित्र बाइबल85 प्रत्येक चाँदीको थालको ओजन एकसय तीस शेकेल अनि प्रत्येक चाँदीको भाँडाको ओजन सत्तरी शेकेल थियो। भाँडा-कुँडाहरूको जम्मै चाँदीको तौल पवित्र स्थानको शेकेलको तौल बमोजिम 2,400 शेकेल थियो। See the chapter |