गन्ती 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर यदि त्यसले गरेको अपराधको लागि हर्जाना दिनलाई त्यस मानिसको नजिकको कुनै नातेदार छैन भने त्यो हर्जाना याहवेहको हुनेछ। अनि त्यो हर्जानाचाहिँ त्यस दोषीको प्रायश्चितको निम्ति बलि चढाइने भेडासँग पुजारीलाई दिनुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तर यदि दोषको हर्जाना पाउन त्यस व्यक्तिको कोही आफन्त छैन भने, हर्जानाचाहिँ परमप्रभुको हुनेछ। हर्जाना र दोषीको प्रायश्चितको निम्ति एउटा थुमा पूजाहारीलाई देऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 तर त्यो मानिस मरिगयो र कोही हर्जाना लिन सक्ने नजिकको नातेदार पनि छैन भने त्यो धन परमप्रभुलाई पूजाहारीहरूको निम्ति भनेर दिनुपर्छ। अपराधीको शुद्धीकरणको विधि पूरा गर्न जुन साँढ-भेडा चढाइन्छ, त्यसमाथि थपेर यो हर्जाना तिर्ने काम हुनुपर्छ। See the chapterपवित्र बाइबल8 तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रयाश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रयाश्चित गर्ने छ। See the chapter |