गन्ती 22:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब गधाले बालामलाई भन्यो, “के तपाईंले आजसम्म चढ्नुभएको तपाईंको आफ्नो गधा म नै होइनँ र? के मैले कहिल्यै तपाईंसँग यस्तो व्यवहार गरेको थिएँ र?” बालामले त्यसलाई भने, “अहँ, गरेको थिइनस्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण30 गधाले बालामलाई भन्यो, “तपाईंले आफ्नो जीवनभरि आजको दिनसम्म चढ्नुभएको तपाईंकै गधा म होइनँ र? मैले कहिल्यै तपाईंसित यस्तो गरेको थिएँ?” अनि तिनले भने, “अँहँ, गरिनस्।” See the chapterसरल नेपाली पवित्र बाइबल30 गधाले जवाफ दियो, “के म त्यही गधा होइनँ र जसमाथि तपाईंले आफ्नै जीवनभरि सवार गर्नुभयो? तपाईंसित के मैले यस्तो व्यवहार अघि कहिल्यै गरेको थिएँ?” “गरेको थिइनस्।” उनले उत्तर दिए। See the chapterपवित्र बाइबल30 गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइनँ? के मैले यस्तो अघि कहिले गरेको थिएँ?” बिलामले भने, “थिइनस्।” See the chapter |