गन्ती 13:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 हामीले त्यहाँ नेफिलीमहरूलाई देख्यौँ (अनाकका सन्ततिहरू नेफिलीमहरूबाट आएका हुन्)। हामी आफ्नै दृष्टिमा फट्याङ्ग्राझैँ देखिन्थ्यौँ। अनि तिनीहरूले पनि पक्कै हामीलाई त्यस्तै ठान्छन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण33 त्यहाँ हामीले नेफिलीमहरू देख्यौं, जसबाट अनाकका सन्तान आएका छन्। उनीहरूका सामु त हामी आफैलाई फटेङ्ग्राजस्तै लाग्यो। तिनीहरूका नजरमा हामीहरू त्यस्तै देखिन्थ्यौं।” See the chapterसरल नेपाली पवित्र बाइबल33 अनि त्यहाँ हामीले दैँत्यहरूजस्ता पनि देख्यौं, तिनीहरू अनाकका सन्तान रहेछन्। हामी आफैंलाई त फट्याङ्ग्राजस्ता साना पो लाग्यो। तिनीहरूका नजरमा हामीहरू सायद फट्याङ्ग्राजस्तै देखिन्थ्यौं।” See the chapterपवित्र बाइबल33 हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान देख्यौं र तिनीहरूको अगाडी हामीहरू त मसिनो फट्यांग्राहरू झैं देखिन्थ्यौं। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।” See the chapter |