मलाकीको पुस्तक 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसको मुखमा अर्तीका साँचो कुराहरू थिए, र ओठबाट कुनै झूटो कुरो निस्केको भेट्टाइएन। त्यो मसँग शान्ति र न्यायमा हिँड्यो, र त्यसले धेरैलाई पापबाट फर्काएर ल्यायो। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 सत्यको शिक्षा त्यसको मुखमा नै थियो, र त्यसका ओठमा कुनै झूटो कुरा पाइएन। शान्ति र सोझोपनमा त्यो मसँगै हिँड़्यो, र धेरैलाई त्यसले पापबाट फर्कायो। See the chapterसरल नेपाली पवित्र बाइबल6 तिनीहरूले ठीक शिक्षा दिन्थे, तिनका मुखमा झूटो कुरा थिएन। मसित तिनीहरू शान्ति र मेलमा जिउँदथे, उचित काम मात्र गर्दथे। त्यति मात्र होइन, अरू धेरैलाई पनि दुष्ट्याइँ गर्नदेखि फर्कन मद्दत गरे। See the chapterपवित्र बाइबल6 लेवीहरूले साँच्चो शिक्षा दिए। लेवीहरूले झूटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरण गरे अनि धेरै मानिसहरूलाई अपराध गर्नबाट बँचाए। See the chapter |