लेवीहरू 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूका सबै अन्नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्वरको करारको नुनलाई तिमीहरूका अन्नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 आफ्ना सबै अन्नबलिका भेटी तिमीहरूले नूनले नुनिलो बनाउनू, र आफ्ना परमेश्वरका करारको नूनरहित आफ्नो कुनै पनि अन्नबलि हुन नपाओस्। आफ्ना सबै बलिमा नून पनि चढ़ाउनू। See the chapterसरल नेपाली पवित्र बाइबल13 हरेक अन्नबलिमा नुन लगाउनू किनभने नुनले परमेश्वर र तिमीहरूका बीचमा रहेको करार बुझाउँदछ। (आफ्ना सबै बलिमा तिमीहरूले नुन हाल्नू।) See the chapterपवित्र बाइबल13 तिमीले प्रत्येक अन्नबलिमा नूनहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको नूनको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि नूनसँगै ल्याउँनुपर्छ। See the chapter |