लेवीहरू 17:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यो आज्ञा यस हेतुले दिइएको हो कि इस्राएलीहरूले आफ्ना बलिदान खुल्ला मैदानमा चढाउँछन्, जुन अबदेखि याहवेहका सामु चढाऊन्। तिनीहरूले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर याहवेहकहाँ मेलबलिको रूपमा चढाउनुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 यो आज्ञा यस हेतुले दिइएको हो, कि इस्राएलीहरूले आफ्ना बलि बाहिर मैदान हुँदो नचढ़ाऊन्। तिनीहरूले पूजाहारीकहाँ भेट हुने पालमै ल्याएर ती परमप्रभुकहाँ मेलबलिको रूपमा चढ़ाउनुपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल5 इस्राएलीहरूले खुल्ला ठाउँमा मार्ने गरेका पशुहरू अब तिनीहरूले परमप्रभुकहाँ ल्याऊन् भन्ने आज्ञाको अर्थ हुनेछ। अबदेखि तिनीहरूले ती पशुहरू पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्याई मेलबलिको रूपमा मार्नेछन्। See the chapterपवित्र बाइबल5 यो विधि यसकारण बनाइएको हो जसले गर्दा इस्राएलका मानिसहरूले आफ्नो मेलबलि परमप्रभुलाई चढाउन्। तिनीहरूले मैदानमा मारेको पशु परमप्रभुकहाँ भेट हुने पालको ढोकोमा ल्याउनु पर्छ। See the chapter |