यर्मिया 50:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 यसकारण बेबिलोनको विरुद्धमा याहवेहले जे योजना गर्नुभएको छ, उहाँले बेबिलोनीहरूको देशको विरुद्धमा जे उद्देश्य राख्नुभएको छ, सुन: बगालका कलिला बालबालिकाहरू तानेर लगिनेछन्; तिनीहरूका खर्कहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण45 यसैकारण बेबिलोनको विरुद्धमा परमप्रभुले रच्नुभएको योजना, र बेबिलोनीहरूका देशको विरुद्धमा उहाँको अभिप्राय कस्तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्स्याएर लगिनेछन्। तिनीहरूको कारण त्यसले तिनीहरूको खर्क बिलकुलै रूपले सर्वनाश पारिदिनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल45 यसकारण मैले बेबिलोन सहरको विरुद्धमा बनाएको जुक्ति सुन। मैले त्यसका बासिन्दाहरूलाई के गर्ने इच्छा गरेको छु, ती सुन। तिनीहरूका बाल-बालिकाहरू पनि घिस्स्याएर लगिनेछन्। सबै जना भयभीत हुनेछन्। See the chapterपवित्र बाइबल45 बाबेलको विरूद्ध परमप्रभुले रच्नुभएको योजना सुन। “बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ, र परमप्रभुले तिनीहरूको चरणभूमि पूर्णरूपले नष्ट पार्नु हुनेछ। See the chapter |