यर्मिया 50:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 तापनि तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो। उहाँले तिनीहरूको पक्षमा लड्नुहुनेछ, ताकि उहाँले पृथ्वीमा भएका सबै मानिसहरूमाथि शान्ति ल्याउनुहुनेछ, तर बेबिलोनमा बस्ने मानिसहरूमा चाहिँ अशान्ति ल्याउनुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण34 तापनि तिनीहरूका उद्धारक सामर्थी हुनुहुन्छ। उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। उहाँले सामर्थ्यसाथ तिनीहरूको रक्षा गर्नुहुनेछ, ताकि उहाँले तिनीहरूको देशमा विश्राम ल्याउन सकून्। तर उहाँले बेबिलोनमा बस्नेहरूलाई चाहिँ बेचैनमा पार्नुहुनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल34 तर तिनीहरूको उद्धार गर्ने एक सामर्थी व्यक्ति हुनुहुन्छ, जसको नाम सर्वशक्तिमान् परमप्रभु हो। उहाँ तिनीहरूका पक्षमा लड्नुहुनेछ र देशमा शान्ति ल्याउनुहुनेछ। तर बेबिलोनका बासिन्दाहरूमाथि भने उहाँले कष्ट ल्याउनुहुनेछ।” See the chapterपवित्र बाइबल34 तर तिनीहरूका उद्धारक शक्तिशाली हुनुहुन्छ। उहाँको नाउँ ‘सेनाहरूका परमप्रभु’ हो। उहाँले तिनीहरूको मामलामा वकालत गर्नुहुनेछ, र पृथ्वीलाई आराम दिनुहुनेछ। तर बाबेलमा बस्ने मानिसहरूलाई उहाँले शान्ति दिनु हुनेछैन।” See the chapter |