यर्मिया 49:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तेरो डरलाग्दो व्यवहार र तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ; हे चट्टानका दरारहरूमा बस्ने, हे डाँडाका अग्ला-अग्ला ठाउँहरू ओगट्ने, तैँले चीलको गुँड झैँ अग्लो ठाउँमा बास बनाए तापनि म तँलाई त्यहाँबाट तल झारिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तैंले प्रेरणा दिएको त्रास र तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। हे चट्टानका चिराहरूमा बस्ने, हे डाँड़ाका टाकुराहरू ओगटेर बस्ने, तैंले आफ्नो गुँड़ गरुडको झैँ अल्गोमा बनाए तापनि म तँलाई त्यहाँबाट तल झार्नेछु,” परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल16 तेरो घमण्डले तँलाई धोका दियो। तैँले सोचे जति कसैले तेरो डर मान्दैन। तँ चट्टानका चिराहरूमा, पर्वतका टाकुरामा बास गर्दछस्। तँ चिलजस्तो उच्च ठाउँमा बास गरे पनि परमप्रभुले तँलाई तल खसाल्नुहुनेछ। परमप्रभु बोल्नुभएको छ।” See the chapterपवित्र बाइबल16 एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ, अनि स्वयंलाई महान ठानेका छौं। तर तिमीहरू आफैंलाई मूर्ख बनायौ। तिम्रा घमण्डले तिमीलाई धोका दियो। तिमी फुटेको चट्टानमा बस्छौ, उच्च पहाडहरूमा बस्छौ। तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि, बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।” यो परमप्रभुले भन्नुभएको हो। See the chapter |