यर्मिया 44:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूले गरेको दुष्टताको कारणले त्यो भएको थियो। किनकि न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले कहिल्यै चिनेका वा जानेका अन्य देवताहरूका निम्ति धूप बालेर तिनीहरूलाई पुजेर तिनीहरूले मलाई क्रोधित तुल्याए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यो तिनीहरूका दुष्ट्याइँको कारणले हो। तिनीहरूले मलाई क्रोधित तुल्याए। तिनीहरूले धूप बाले र अरू देवताहरूको सेवा गरे, जसलाई न त तिनीहरू आफैले, न तिमीहरूले चिनेका थियौ न त तिमीहरूका पुर्खाले चिनेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल3 किनभने त्यहाँका मानिसहरूले दुष्ट काम गरेर मलाई रिस उठाएका थिए। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए र आफूले वा तैँले वा तिमीहरूका पुर्खाहरूले नपुजेका देवी-देवताहरूको सेवा गरे। See the chapterपवित्र बाइबल3 ती ठाउँहरू नष्ट गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो। See the chapter |