यर्मिया 34:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 जुन बेला बेबिलोनका राजाका सेनाहरू यरूशलेम र यहूदाका बाँकी रहेका अरू सहरहरूलाई जित्न, लाकीश र अजेकाको विरुद्धमा लडाइँ गरिरहेका थिए। यहूदामा रहेका सहरहरूमध्ये पर्खालले घेरिएका यी दुई सहरहरू मात्र बाँकी थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 जब बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका अन्य सहरहरूसित लड़ाइँ गर्दैथिए— लाकीश र आजेकासित, जुनहरूले युद्ध गर्न छोड़ेका थिएनन्। यहूदाका किल्ला भएका सहरहरूमध्ये यी दुई सहर मात्रै बाँकी रहेका थिए। See the chapterपवित्र बाइबल7 बाबेलका राजाले यरूशलेम अनि यहूदाको बाँकी रहेका गढीमा भएका शहरहरू लाकीश र अजेकाको विरूद्ध लडे। यी मात्र यहूदाको देशमा पर्खालले बारेका थियो। See the chapter |