यर्मिया 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण झरी रोकिएको छ; अनि वसन्त ऋतुको वर्षा आएकै छैन। तापनि तँ लाज नभएकी वेश्याजस्तै देखिन्छेस्; तँ लाजले भुतुक्क हुँदिनस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यसैकारण झरी थामिएको छ, र बसन्तको वर्षा परेको छैन। तापनि तेरो रूप निर्लज्ज वेश्याजस्तै छ। तँ लाजले रातो हुन इन्कार गर्छेस्। See the chapterसरल नेपाली पवित्र बाइबल3 यसकारण चैत-बैशाखको झरी र वर्षाको झरी दुवै परेनन्। तेरो अनुहार पनि वेश्याको जस्तै देखिन्छ, तँलाई केही लाज छैन। See the chapterपवित्र बाइबल3 तिमीले पाप गर्यौ, यसकारण पानी परेन। त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन, तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ। तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निर्लज हुन्छे। तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ। See the chapter |