Online Bible

- Advertisements -




यर्मिया 11:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अर्थात् ती शर्तहरू, जुन मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, फलाम पगाल्ने भट्टीबाट निकालेर ल्याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ।’ मैले भनेँ, ‘मलाई र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू पालन गर्‍यौ भने तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 करारका ती शर्तहरू जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मैले फलामको भट्टी, अर्थात्‌ मिश्रदेशबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ’। ‘मेरो आज्ञापालन गर, र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा मान, र तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 यो करार मैले तिनीहरूका पिता-पुर्खाहरूसित त्‍यस बेला बाँधेको थिएँ, जब मैले तिनीहरूलाई आगो दन्‍केको भट्टीजस्‍तो मिश्रदेशबाट निकाली ल्‍याएको थिएँ। मैले तिनीहरूलाई मेरा आज्ञापालन गर्नू र तीअनुसार सबै काम गर्नू भनेको थिएँ। मेरा आज्ञा पालन गरे तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु भनी मैले तिनीहरूलाई भनेको थिएँ।

See the chapter Copy

पवित्र बाइबल

4 म त्यो करार विषयमा कुरा गरिरहेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ। त्यो करार मैले त्यसबेला गरेको थिएँ जब मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। मिश्र धेरै सङ्कटहरूको ठाउँ थियो। यो फलाम गलाउने भट्टी झैं थियो।’ मैले तिनीहरूलाई भने ‘मेरा आज्ञा पालन गर अनि मैले आदेश दिएको कुराहरू गर। यदि तिमीहरूले त्यसो गर्यौ भनें, तिमीहरू मेरो मानिसहरू हुनेछौ र म तिमीहरूको परमेश्वर हुनेछु।’

See the chapter Copy




यर्मिया 11:4

Follow us:

Advertisements


Advertisements